22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

अर्थतन्त्र चलायमान भएसँगै बढ्न थाल्यो कर्जा प्रवाह, सातामै १८ अर्ब ऋण विस्तार

अर्थतन्त्र चलायमान भएसँगै बढ्न थाल्यो कर्जा प्रवाह, सातामै १८ अर्ब ऋण विस्तार

2021-02-23

अर्थतन्त्र विस्तारै चलायमान भएसँगै पछिल्लो केही साता यता कर्जा प्रवाह बढ्न थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा प्रवाह पछिल्लो एक सातामा १८ अर्ब रुपैयाँ बढेको छ । फागुन ७ गतेसम्म बैंकहरुले ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ ३० गतेसम्म बैंकहरुले ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो तथ्यांक हेर्दा पछिल्लो समय कर्जा प्रवाह विस्तारै बढ्दै गएको देखिन्छ । 
 
 
यता, एक महिनाको अवधिमा निक्षेप संकलन भने १३ अर्ब रुपैयाँले बढेको छ । संघको तथ्यांकअनुसार फागुन ७ गतेसम्ममा बैंकहरुले ३७ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो साता (माघ ३० गतेसम्म) बैंकहरुले ३७ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । रेमिट्यान्स आप्रवाह बढेसँगै बैंकहरुको निक्षेप संकलन पनि बढेको हो । नेपाल राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह ११.१% ले बढेर ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । 
 
साभार:- नेपालि पैसा