22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

सिटिजन्स म्युचुअल फन्ड २ को सेयर लगानी नबिल बैंकमा सबैभन्दा धेरै

सिटिजन्स म्युचुअल फन्ड २ को सेयर लगानी नबिल बैंकमा सबैभन्दा धेरै

2020-06-02

 वैशाख मसान्तसम्म आइपुग्दा सिटिजन्स म्युचुअल फन्ड २ को प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १० रुपैयाँ १९ पैसा कायम भएको छ । यो अघिल्लो महिनाको भन्दा २० पैसाले कम हो । चैतमा यसको न्याभ १० रुपैयाँ ३९ पैसा थियो । सूचीकृत धितोपत्रमा लगानी १ करोड ११ लाख ४२ हजार रुपैयाँले घटेर ३३ करोड २४ लाख ५ हजार रुपैयाँमा आएको छ ।

चैतमा सूचीकृत कम्पनीको सेयरमा लगानी ३४ करोड ३५ लाख ४७ हजार रुपैयाँ थियो । चैत महिनामा १९ करोड ३८ लाख ५ हजार रुपैयाँ रहेको बैंक मौज्दात वैशाख महिनामा १८ करोड २२ लाख ८९ हजारमा झारिएको छ । फन्डले यसअवधिमा सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । यस बैंकको ६१ हजार ८७७ कित्ता सेयरमा ४ करोड ८ लाख ३८ हजार रुपैयाँ लगानी गरिएको हो । 
 
 
स्रोत नेपालि पैसा