22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

सेयर बजार जेठ २० गतेसम्म बन्द

सेयर बजार जेठ २० गतेसम्म बन्द

2020-05-19

सेयर बजार जेठ २० गतेसम्म बन्द हुने भएको छ । सरकारले लक डाउन अवधि थपेपछि सोही समयसम्म बजार पनि बन्द गरिने निर्णय भएको नेप्सेले जनाएको छ । यसअघि जेठ ५ गतेसम्म बजार बन्द भनिएको थियो । लक डाउनलाई निरन्तरता दिइएकाले बजार पनि बन्द गर्ने नेप्से सञ्चालक समितिले  निर्णय गरेको हो । यसअघि लक डाउनकै बीचमा पनि २ दिन बजार खुला गरिएको थियो । तर ती दिनहरुमा सेयर कारोबार प्रभावकारी हुन सकेन ।

आम लगानीकर्ताको सहभागिता पनि भएन । त्यसले केबल सूचक घटाउने काम मात्र गरेको भन्दै आम लगानीकर्ताले व्यापक विरोध जनाएपछि पुनः लक डाउन अवधि अर्थात जेठ ५ गतेसम्मलाई बजार बन्द गरिएको थियो । तर सरकारले फेरि लक डाउन बढाएपछि नेप्सेले पनि सोही म्यादसम्म कारोबार बन्द राख्ने निर्णय गरेको हो । 

 
साभार: नेपालि पैसा