
ज्योति विकास बैंकको १०% बोनस सेयर दिने घोषणा
2020-12-18
ज्योति विकास बैंकले १०% बोनस सेयर दिने भएकोे छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १०% बोनस सेयर दिने निर्णय गरेको हो । बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन । यसर्थ, बोनसमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।
ज्योतिले चुक्ता पुँजीको १०% ले हुने ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । अघिल्लो वर्ष यस बैंकले १२.७५% बोनस सेयर वितरण गरेको थियो ।
स्रोत:- नेपालि पैसा