22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

ज्योति विकास बैंकको ३९ लाख ५२ हजार कित्ता बोनस सेयर सूचीकृत

ज्योति विकास बैंकको ३९ लाख ५२ हजार कित्ता बोनस सेयर सूचीकृत

2020-03-06

नेपाल स्टक एक्सचेन्जमा बिहीबार ज्योति विकास बैंकको ३९ लाख ५२ हजार ५४९.१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १७.७५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
 
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ज्योतिले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा छ ।
श्रोत:नेपाली पैसा