22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

एभरेष्ट इन्सुरेन्सको नाफामा यसरी आयो तेजी

एभरेष्ट इन्सुरेन्सको नाफामा यसरी आयो तेजी

2020-05-11

एभरेष्ट इन्सुरेन्सको वित्तीय विवरणमा चमक आएको छ । यसअवधिमा यसको खुद नाफा २३१.९७% ले बढेर १३ करोड ३३ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष एभरेष्टले ४ करोड १ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क र पुनर्बिमाबाट हुने आम्दानी बढेसँगै खुद नाफामा तेजी आएको हो । खुद बिमा शुल्क पनि १४.६७% ले बढेर ३३ करोड ८१ लख ६७ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यसले २९ करोड ४८ लाख ९९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । गत वर्ष ७ करोड २४ लाख ८ हजार रुपैयाँ रहेको पुनर्बिमाबाट हुने आय यस वर्ष १० करोड १० लाख ३८ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म एभरेष्टले १२ करोड ३५ लाख ५४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

यस्तै, १ अर्ब ३५ करोड ५९ लाख ४१ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । बिमा कोषको आकार पनि ७ करोड ६९ लाख ९१ हजार रुपैयाँले बढेर २९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी वार्षिक १६ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ९१ पैसा रहेको छ । 

 

साभार नेपाली पैसा