22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

एनएमबि हाइब्रिड फन्ड एल–१ को रोजाई नेपाल टेलिकम

एनएमबि हाइब्रिड फन्ड एल–१ को रोजाई नेपाल टेलिकम

2020-06-02

एनएमबि हाइब्रिड फन्ड एल–१ को वैशाखमा प्रतिइकाई मूल्य (न्याभ) ११ पैसाले घटेर १० रुपैयाँ ६९ पैसा आएको छ । अघिल्लो महिना यस फन्डको न्याभ १० रुपैयाँ ८० पैसा थियो । यसको सूचीकृत सेयरमा लगानी ३७ करोड ३४ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो महिनाको भन्दा ३.९३% ले थोरै हो । चैतमा यस फन्डको सूचीकृत सेयरमा लगानी ३८ करोड ८७ लाख रुपैयाँ थियो ।

फन्डले हालसम्म ५१ वटा सूचीकृत कम्पनीमा लगानी गरको छ । सबैभन्दा धेरै लगानी नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को सेयरमा रहेको छ । दूरसञ्चार कम्पनीको ५७ हजार २८० कित्ता सेयरमा ३ करोड ३६ लाख २३ हजार २६० रुपैयाँ लगानी रहेको छ । यसको बैंक मौज्दात भने बढेर २६ करोड ३७ लाख ९५ हजार पुगेको छ । चैतमा यसको बैंक मौज्दातमा २५ करोड ६५ लाख रुपैयाँ रहेको थियो । 

 

स्रोत नेपालि पैसा