22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

एलआइसी नेपालको जीवन बिमा कोषमा ६३ अर्ब

एलआइसी नेपालको जीवन बिमा कोषमा ६३ अर्ब

2020-05-19

साभार: नेपालि पैसा 

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आर्थिक वर्ष २०७६–७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ०.४०% ले धेरै हो । गत वर्ष एलआइसीले १० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि १७.३७% ले बढेर १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष यसै अवधिमा ८ अर्ब ७९ करोड रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले जीवन बिमा कोषको आकार पनि २३.६६% बढाउन सफल भएको छ । गत वर्ष ५१ अर्ब ४८ करोड हजार रुपैयाँ रहेको जीवन बिमा कोषमा यो वर्ष बढेर ६३ अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको हो । जीवन बिमा कोष वृद्धि हुँदा व्यवसाय विस्तार भइरहेको देखाउँछ भने साथै, दायित्व पनि सोही आधारमा वृद्धि भएको हुन्छ । 
 
एलआइसीले चैतसम्म २ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी कुल दाबी रकम २३ करोड ४७ लाख रुपैयाँ छ । हाल एलआइसीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५० करोड ६१ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३५ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९० पैसा छ ।
Error
Whoops, looks like something went wrong.