22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

सनराइज फस्ट म्युचुअल फन्डको सेयर बजारमा कति छ लगानी ?

सनराइज फस्ट म्युचुअल फन्डको सेयर बजारमा कति छ लगानी ?

2020-06-02

वैशाख मसान्तसम्म आइपुग्दा सनराइज फस्ट म्युचुअल फन्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) १० रुपैयाँ १४ पैसा छ । यो गत महिनाको भन्दा १४ पैसाले कम हो । चैत महिनामा यसको न्याभ १० रुपैयाँ २८ पैसा थियो । एक महिनामा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ करोड ३३ लाख ५ हजार रुपैयाँले घटेर २८ करोड ७२ लाख ८७ हजार रुपैयाँमा आएको छ ।

चैतमा सूचीकृत कम्पनीको सेयरमा लगानी ३० करोड ५ लाख ९३ हजार रुपैयाँ थियो । बैंक मौज्दातमा ४० करोड ९ लाख ८४ हजार रुपैयाँ छ । चैतमा बैंक मौज्दातमा ४० करोड ३४ लाख ८४ हजार रुपैयाँ रहेको थियो । वैशाख महिनासम्म यस फन्डले ५२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी छ । नबिल बैंकको ३५ हजार ४६० कित्ता सेयरमा २ करोड ३४ लाख ३ हजार रुपैयाँ फन्डको लगानी छ । 

 

स्रोत नेपालि पैसा