
युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ?
2020-12-18
युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब आइतबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार यसको पहिलो कारोबार न्यूनतम ९८ रुपैयाँ ७९ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३७ पैसाभित्र रहेर हुनेछ । यसको युएमआरएच संकेतबाट कारोबार हुनेछ । युनाइटेड इदी मर्दीको ४२ लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।
स्रोत:- नेपालि पैसा