22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

प्राइम लाइफको बोनस सेयर घोषणा

2020-03-11

प्राइम लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.५% बोनस सेयर दिने प्रस्ताव गरेको हो । बोनस सेयरमा लाग्ने कर तिर्न कम्पनीले १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ नगद लाभांश पनि प्रस्ताव गरेको छ । प्राइमले आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
 
कम्पनीले हाल कायम २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजीबाट २५ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि प्राइमको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । प्राइमले आर्थिक वर्ष २०७३–०७४ मा १२.५% नै बोनस सेयर र कर तिर्न नगद लाभांश पनि दिएको थियो ।
श्रोत:नेपाली पैसा