22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

साना किसानको नाफा २५.७५% ले बढ्दा अरु अवस्था पनि राम्रो

साना किसानको नाफा २५.७५% ले बढ्दा अरु अवस्था पनि राम्रो

2020-05-11

साना किसान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा २५.७५% ले बढी हो । गत वर्ष यस कम्पनीले ३४ करोड ५९ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी २१.५५% ले बढेर ७९ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २०.७५% ले बढेर ६५ करोड ५० लाख ६० हजार रुपैयाँ पुगेको छ । यी दुवैमा सुधार आउँदा समग्र खुद नाफा बढ्न सहयोग पुगेको हो । 
 
साना किसानको चुक्ता पुँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ८६ करोड १४ लाख १६ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा साना किसानको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ रहेको छ । यसकाो प्रतिसेयर नेटवर्थ २८६ रुपैयाँ १० पैसा रहेको छ ।
 
साभार नेपाली पैसा