22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

लिवर्टी इनर्जीको आइपीओ खुल्यो, कसले दिन सक्छ आवेदन ?

2020-03-10

  लिवर्टी इनर्जी कम्पनीको आइपीओ आज मंगलबार (फागुन २७ गते) देखि बिक्री खुला भएको छ । कम्पनीले लमजुङ जिल्लाको उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । लिवर्टीले पहिलो चरणमा जारी पुँजीको १०% आइपीओे निष्कासन गरेको हो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ (तत्कालीन फलेनी र डोढोडेनी गाविस) का स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता (३३.३३%) र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाको वडा नं. ११ का स्थानीयलाई छुट्याएको मध्ये ५ लाख कित्ता (३३.३३%) सेयर निष्कासन गरेको हो । 
 
त्यसैगरी, लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ५ लाख कित्ता (३३.३३%) सेयर पनि कम्पनीले बिक्री खुला गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

यो आइपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै बिक्री नभएमा भने चैत २६ गतेसम्म भर्न सकिनेछ । लिवर्टीलाई केही दिनअघि मात्रै नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७  लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो ।
 
जसमध्ये १५ लाख कित्ता स्थानीयलाई खुला गरिएको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ । 
 श्रोत:नेपाली पैसा