22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

वोमी लघुवित्त पनि प्रगतिपथमा लम्किंदै

वोमी लघुवित्त पनि प्रगतिपथमा लम्किंदै

2020-05-11

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वोमी लघुवित्तले ४ करोड ७७ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ६.३९% ले बढी हो । गत वर्ष यसले ४ करोड ४८ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा खुद ब्याज आम्दानी ४८.०५% ले बढेर १३ करोड ३६ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्ष ब्याज आम्दानी ९ करोड २ लाख ७९ हजार रुपैयाँ थियो । सञ्चालन नाफा पनि ७.४६% ले बढेर ७ करोड ५७ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ७ करोड ४ लाख ७८ रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

कम्पनीको खराब कर्जा भने ०.९२% ले बढेर १.६२% पुगेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९० पैसा रहेको यस कम्पनीको पतिसेयर नेटवर्थ १७३ रुपैयाँ ४५ पैसा रहेको छ ।

 

साभार नेपाली पैसा