22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

स्वोजगार लघुवित्तको नाफा ३८.८१% ले विस्तार

स्वोजगार लघुवित्तको नाफा ३८.८१% ले विस्तार

2020-05-19

साभार: नेपालि पैसा 

स्वोजगार लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ८७ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३८.८१% ले बढी हो । गत वर्ष यसले ४ करोड २३ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी २३.८३% ले बढेर १६ करोड ७७ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यसले १३ करोड ५४ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि ६ करोड ८ लाख १२ हजार रुपैयाँबाट बढेर ६ करोड २० लाख ७३ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएकाले समग्र खुद नाफा माथि जान सहयोग पुगेको हो ।

यसले पनि नाफा बढाउन टेवा पुगेको हो । यस संस्थाको प्रतिसेयर आम्दानी वार्षिक २२ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ १७ पैसा छ । खराब कर्जा अनुपात ०.८% बाट बढेर १.७३% पुगेको छ । 

Error
Whoops, looks like something went wrong.