22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

हिमालयन डिस्टिलरीको १००% लाभांश पारित गर्न पुस २९ मा एजीएम, बुक क्लोज कहिले ?

हिमालयन डिस्टिलरीको १००% लाभांश पारित गर्न पुस २९ मा एजीएम, बुक क्लोज कहिले ?

2020-12-18

 हिमालयन डिस्टिलरीले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत वर्षको नाफाबाट ५०% बोनस सेयर र कर प्रयोजनसहित ५०% नै नगद गरी कुल १००% लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले पुस २९ मा साधारण सभा गर्ने निर्णय गरेको हो ।
 
साधारण सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ । साधारण सभाका लागि हिमालयनले पुस १७ गते बुक क्लोज गर्नेछ । पुस १६ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
 
स्रोत:- नेपालि पैसा