22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

महिला लघुवित्तले पुस २४ मा बोलायो एजीएम, आइपीओ निष्कासन गर्दै

महिला लघुवित्तले पुस २४ मा बोलायो एजीएम, आइपीओ निष्कासन गर्दै

2020-12-18

महिला लघुवित्त वित्तीय संस्थाले पुस २४ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय साँगा काभ्रेमा बिहान ११ बजे भिडियो कन्फ्रेन्स मार्फत सुरु हुनेछ । सभामा कम्पनीले हाल कायम जारी पुँजीको ४०% रकमबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । यता, यसले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । महिलाले प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । 
 
सभामा आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ । अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ । यस्तै, कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । 
 
स्रोत:- नेपालि पैसा