.jpg)
लक डाउनमा आर्थिक गतिविधि जारी राख्ने सरकारको निर्णय
2020-05-19
साभार: नेपालि पैसा
लक डाउनको समयमा पनि आर्थिक गतिविधि जारी रहने भएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले लक डाउनलाई केही कडाइ गरेको छ । लक डाउन कडाइमा पनि उद्योग व्यवसाय र निर्माण, कृषि, सामानको ढुवानीको काम जारी रहने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
उनले भने, ‘लकडाउनको समय थप भए पनि आर्थिक गतिविधि बढाउने कामलाई खुला गरिएको छ । लक डाउन र सामान्य जीवनलाई एकसाथ लैजानु पर्ने भएकाले आर्थिक क्रियाकलाप आवश्यक छ ।’ यस्तै क्वारेन्टिनमा बसेकालाई पनि सुरक्षित भएर काम गर्न दिने विषयमा मन्त्रिपरिषदमा छलफल भएको उनले जानकारी दिए । यद्दपि, यस विषयमा निर्णय भएको छैन ।