22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

सूर्या लाइफ इन्सुरेन्सको नाफा ३६.१४% वृद्धि

सूर्या लाइफ इन्सुरेन्सको नाफा ३६.१४% वृद्धि

2020-05-19

साभार: नेपालि पैसा 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सूर्या लाइफ इन्सुरेन्सले १८ करोड ६७ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष भन्दा ३६.१४% ले बढी हो । गत वर्ष यस कम्पनीले १३ करोड ७१ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । जीवन बिमा कोषको आकार पनि ४२.८७% ले बढेर ६ अर्ब ६४ करोड ३ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यस इन्सुरेन्सको जीवन बिमा कोषमा ४ अर्ब ६४ करोड ७६ लाख ७३ हजार रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म आइपुग्दा सूर्या लाइफले १ अर्ब ७७ करोड २ लाख ७५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसले १ अर्ब २८ करोड ६६ लाख ९८ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो । 
 
यसअवधिमा इन्सुरेन्सले २९ करोड १९ लाख १ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ४ करोड ४८ लाख २४ हजार रुपैयाँ छ । चैत मसान्तसम्म यसको प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ । 
 
Error
Whoops, looks like something went wrong.